बझाङको साइपाल गाउँपालिकाको सबै वडामा बिद्युत् सेवा विस्तार

स्थानीय सरकारको पहल र सहयोगमा त्यहाँकै स्थानीय खोलाहरूबाट ग्रामीण लघु जलविद्युत् निर्माण गरेपछि गाउँपालिका भित्रका सबै घरमा बिद्युत् सेवा भएको हो ।
त्यहाँका, धलौन, काँडा, धुली न्युना बलौडी गाउँ अहिले बिद्युत्ले झिलिमिली देखिन्छन् । सबै घरधुरीमा अहिले बिद्युत्को सेवा पुगेपछि गाँउलेहरु धेरै खुसी भएका गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताउनुभयो ।
भौगोलिक रुपमा विकट यातायातको सुविधा नहुँदा हिँडेर चार पाँच दिनपछि पुगिने यस गाउँपालिकामा अहिले मोबाइल फोन सेवाको सुविधा पनि भएको छ ।
अव अस्पताल र सडक बाटो जोड्नका लागि सरकारको सहयोग हुनुपर्ने त्यहाँका बासिन्दाहरूको माग गरेका छन् ।
सदरमुकाम चैनपुर आसपास बिद्युत्को केन्द्रीय प्रसारण लाइनको बिद्युत् सेवा भए पनि अधिकांश भागमा भने ग्रामीण लघु जलविद्युत्बाट नै बिद्युत् सेवा भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्