बारामा सात महिनामा ४४ जनाद्वारा आत्महत्या
बारा । बारामा चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४४ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्ष २०७७–७८ को सात महिनामा ४४ जनाले झुन्डिएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
साउनदेखि माघसम्मको अवधिमा १ सय १९ वटा मुद्दाहरू जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ज्यान मार्ने उद्योगमा २८ वटा, लागु औषध मुद्दामा २९ वटा, जबरजस्ती करणी मुद्दामा २० वटा र अन्य विभिन्न मुद्दामा गरी १ सय १९ वटा मुद्दाहरू दर्ता भएका छन् ।
लागु औषध मुद्दामा ४९ जना मानिसहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्