सातदोबाटो यूथ क्लबको अपराजित यात्रा कायम
काठमाडौँ । सहिद स्मारक बी डिभिजन लिगमा सातदोबाटो यूथ क्लबले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।
शुक्रवार भएको खेलमा सातदोबाटोले दोस्रो स्थानमा रहेको खुमलटार यूथ क्लबलाई तीन दुई गोलले हरायो । यो जितसँगै सातदोबोटो यूथ क्लब शीर्ष डिभिजनमा उक्लने प्रबल सम्भावना बनाएको छ ।
यो जितपछि सातदोबाटोले सात खेलमा १९ अङ्क बनाएको छ । जारी प्रतियोगितामा खुमलटारको यो पहिलो हार हो । उसको सात खेलमा १६ अङ्क छ ।
अर्को खेलमा मध्यपुर यूथ एसोसिएसनले पहिलो जित निकालेको छ ।
शुक्रवार भएको खेलमा टुसाल यूथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मध्यपुरले पहिलो जित निकालेको हो । एन्फा मैदान सातदोबाटोमा मध्यपुरलाई जित दिलाउन धिरज श्रेष्ठ र कैलाश लामिछाने खत्रीले एक एक गोल गरे ।
जितसँगै मध्यपुरले ७ खेलमा ४ अङ्क जोडेको छ । मध्यपुर ११ औँ स्थानमा उक्लिएको छ । टुसाल ७ खेलमा ८ अङ्क जोडेर सातौँ स्थानमा रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्