न्यादी आयोजनाको विद्युत् जेठदेखि उत्पादन
लमजुङ । लमजुङमा निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी आयोजनाले आगामी जेठबाट विद्युत् उत्पादन गर्ने भएको छ ।
मर्स्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माण गरिरहेको सो आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आगामी जेठभित्रमा सबै निर्माण सकेर बिद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाका सिनियर इन्जिनियर विवेक कारान्जितले जानकारी दिनुभयो ।
पावर हाउसको अधिकांश काम सम्पन्न भइसकेको र उपकरण जडान अघि बढिरहेको आयोजनाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्