पुरुषतर्फको उपाधि गण्डकी प्रदेशलाई
पोखरा । टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि गण्डकी प्रदेशले जितेको छ ।
शनिबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि उचालेको हो ।
उपाधिसँगै गण्डकीले नगद १ लाख ५० हजार प्राप्त गरेको छ भने उपविजेता आर्मीले ७५ हजार हात पारेको छ ।
यस्तै महिलातर्फको उपाधि भने नेपाल पुलिस क्लबले जितेको छ ।
फाइनलमा एपीएफ क्लबलाई ३– ० को सोझो सेटमा पराजित गर्दै पुलिसले महला तर्फको उपाधि जित्यो ।
उपाधिसँगै पुलिसले पनि १ लाख ५० हजार प्राप्त गरेको छ उपविजेता एपीएफले ७५ हजार हात पारेको छ ।








प्रतिक्रिया राख्नुहोस्