तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा दोस्रो चरणमा करिब ४ हजार जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने 

धनगढी ।  कैलालीमा दोस्रो चरणमा करिब चार हजार जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने तयारी गरिएको छ ।

खोप अभियान अन्तरगत भोलिदेखि कोभिड–१९ विरुद्धको खोप लगाउने तयारी पुरा भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताउनुभयो ।

दोस्रो चरणमा खोप लगाउनका लागि जिल्लाभर सात ठाउँमा खोप केन्द्र निर्धारण गरिएको र परिचय पत्रका आधारमा टिकापुर, धनगढी, चौमाला, भजनी, जोशिपुर, लम्कीचुहमा, मालाखेतीस्थित सरकारी स्वास्थ्यमा खोप लगाइने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो।

अभियान अन्तरगत सरकारी कर्मचारी, पत्रकारलगायतलाई खोप दिइने  बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button