प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस जारी

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमा आज पनि सुनवाइ जारी छ ।
आजको सुनुवाइमा रिट निवेदकका तर्फबाट नेपाल बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, पूर्व महान्यायधिवक्ता एवम् वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, अधिवक्ता गोविन्द बन्दीलगायतले बहस गर्नुभएको छ ।
बहसमा कानुन व्यवसायीहरूले संविधानको एउटा धाराको व्याख्या गर्दा अर्को धारा निष्प्रभावी हुने गरी व्याख्या गर्न नहुने भन्दै संविधान विपरीत जाने कदमलाई अदालतले रोक्नु पर्ने बताउनुभयो
संवैधानिक इजलासमा एघार दिनदेखि जारी सुनुवाइमा भइरहेको बहस बहुमत प्राप्त प्रधानमन्त्रीले गर्नुभएको प्रतिनिधिसभा विघटन वैधानिक हो या होइन भन्ने विषयमा नै केन्द्रित छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमा माघ ४ गतेदेखि एकसाथ सुनुवाइ गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्