तेस्रो मेयर कप फुटबल यसै साता सुरु हुने
सुनसरी । सुनसरीको दुहबी नगरपालिकाको आयोजनामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता यसै साता सुरु हुने भएको छ ।
नगरपालिकाका १२ वटा वडाको सहभागिता रहने प्रतियोगिता माघ १७ गतेदेखि २८ गतेसम्म सरस्वती माविको मैदानमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
दुहबीको एलेभन एरोज क्लबले संयोजन गर्ने प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार १ सय र दोस्रो हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्