तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय महिला लिग फुटबलमा विराटनगर महानगरपालिकाको पहिलो जित

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा विराटनगर महानगरपालिकाले पहिलो जित निकालेको छ । बुधवार भएको खेलमा विराटनगरले चन्द्रपुर नगरपालिकालाई ५ गोल अन्तरले हराएको छ ।

विराटनगरको जितमा कुसुम खतिवडाले ह्याट्रिक तथा अनु राई र सरिता शेर्पाले एक–एक गोल गर्नुभयो । यो जितपछि विराटनगरको चार अङ्क भएको छ । यसअघि उसले खेलका दुई खेलमा एक हार र एक बराबरी खेलेको थियो ।

चन्द्रपुरको जारी प्रतियोगितामा यो दोस्रो हार हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button