राजविराजमा फागुनको अन्तिम सातादेखि प्रथम राष्ट्रिय भारोत्तोलन हुने
सप्तरी । सप्तरीको राजविराजमा आगामी फागुनको अन्तिम साता स्व. देवसुन्दर स्मृति प्रथम राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको आयोजना हुने भएको छ ।
भारोत्तोलन सङ्घ सप्तरीका अध्यक्ष एवम् संघका केन्द्रिय सदस्य महेश प्रसाद यादवका अनुसार प्रतियोगितामा सात वटै प्रदेश तथा सेना, सशस्त्र र नेपाल प्रहरीका तीनवटै विभागीय टिमका झन्डै १ सय ५० महिला तथा पुरुष खेलाडीहरूको सहभागिता रहने छ ।
प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न प्रचारप्रसार, आर्थिक सङ्कलन, फिल्ड व्यवस्थापन, स्वागत लगायत विभिन्न उपसमितिहरू समेत गठन गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
सप्तरीका चर्चित एवम् पुराना भारोत्तोलन खेलाडी तथा रेफ्रि राजविराज ९ निवासी स्व. देवसुन्दर यादवको २०७६ कात्तिक १४ गते निधन भएको थियो । उनको स्मृति एवं सम्मानमा नेपाल भारोत्तोलन सङ्घ सप्तरीले सो प्रतियोगिताको आयोजना गर्न लागेको हो ।








प्रतिक्रिया राख्नुहोस्