ऐलानी जग्गामा लगाइएको गाँजा खेती नष्ट

बारा । बारा प्रहरीले एक विघा १० कट्ठा ऐलानी जग्गामा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको छ ।
गाँजा फडानी अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा लगाइएको गाँजा खेती नष्ट गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

निजगढ नगरपालिका वडा नम्बर १३ पानीसरा र शक्तिखोलास्थित एक विगाहा १० कट्ठा ऐलानी जग्गामा लगाइएको गाँजा खेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्