तपाईँ सुन्दै हुनुहुन्छः

उपाधि दाहाल र गुरुङलाई

काठमाडौं । सिल्क ग्रुपका प्रिन्स दाहाल र एपीएफकी जेसिका गुरुङ्गले १० औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको उपाधि जित्नुभएको छ ।

सेमिफाइनलमा शीर्ष वरियताका रत्नजित तामाङलाई स्तब्ध पार्नुभएका प्रिन्सले पुरुष एकलको फाइनलमा दोस्रो वरियताका दीपेश धामीलाई हराउनुभयो । तीन दिन अघि मात्र प्रिन्स विश्व जुनियर वरियताको तेस्रो नम्बरमा पर्नुभएको थियो ।

राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगीतामा महिला एकलको फाइनलमामा जेशिकाले राष्ट्रिय च्याम्पियन त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनलाई हराउनुभएको  थियो । जेसिकाको यो दोस्रो उपाधि हो । सातौं सस्करणमा पनि उनले उपाधि जित्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button