सुनसरीको हरिनगरमा आगलागी तत्काल राहत उपलब्ध

सुनसरी। सुनसरीको हरिनगर गाउँपालिका ५ को बसन्तपुरमा शुक्रवार साँझ आगलागी हुदाँ ठूलो क्षती भएकोे छ ।
शुक्रवार आगलागि हुदाँ ६ वटा भन्दा बढी घर जलेर नष्ट भएको छ भने धान, चामल,गहुँ र नगद सहित जलेर नष्ट भएको अगिनपीडित रमेश मण्डलले बताएका छन् ।
इनरुवा नगरपालिका र कोशी गाउँपालिकाबाट आएको बारुण यन्त्र र जनपथ प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिएको थियो ।छति को यकिँन बिबरण आई नसकेको जिला प्रहरि सुनसरीका प्रबक्ता डियसपी नगेन्द्र कार्कीले बाताउनु भयो।
हरिनगर ५ बसन्तपुरका रमेश मण्डल, विवेक मण्डल, मोहन मण्डल, पशुपति मण्डल, तपेन मण्डल, पृथ्वीचन्द मण्डल, माधव मण्डल, सुरेश मण्डल र मैतोल देवी मण्डलको घरमा आगलागि हुदाँ बढी क्षति भएको सुनसरी प्रहरीले जनाएको छ ।
हरिनगर गाउँपालिका वडा ५ बसन्तपुरमा आगलागी पीडित परिवारलाई हरिनगर गाउँपालिकाको अध्यक्ष गफार अन्सारी मियाँको नेतृत्व टोलीले अग्निपीडित परिवारलाई राहत उपलब्ध गराएको छ ।हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारीले उनीहरुको आवश्कता अनुसार राहत सामाग्री तत्काल उपलब्ध गराएको हो ।
अग्निपीडितहरुलाई हरिनगर गाउँपालिकाले जनही ५ हजारको दरले उपलब्ध गराएको उनहिरुलाई जनही चामल २५ केजी, चुरा ५ केजी, खानेतेल १ केजी, नुन १ केजी, भाडावर्तन १५ थान, कम्बल २ थान, झुल १ थान, मेट २ थान र भुजा १ पाकेट लागयतको सामाग्री उपलब्ध गराएको छ ।
यसैगरी सोही ठाउँमा नेपाल रेडक्रस सोसाइटी हरिनग्र उपशाखाले पनि अग्निपीडितहरुलाई राहत उपलब्ध गराएको छ । उनीहरुलाई जनही भाडावर्तन, त्रिपाल १ थान, कम्वल २ थान, पुरुष,महिला र बच्चालाई कपडा सेट, भुजा १ पाकेट उपलब्ध गराएको रेडक्रस हरिनगर उपशाखाका सभापति कृष्ण प्रसाद देवले जानकारी दिएका छन् ।
राहत वितरण कार्यक्रममा प्रदेश सभा सांसद ताहिर अन्सारी, गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, कार्यपालिका सदस्य सुशिल कुमार ठाकुर, नेपाली कांग्रेस हरिनगर गाउँपालिका सभापति शिवहरि श्रेष्ठ, हरिनगर रेडक्रस उपशाखाका हिरालाल पाल, वडा सचिव शमिम अन्सारी, लगायतको सरोकारवालहरुको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्