तपाईँ सुन्दै हुनुहुन्छः

सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्सेमा गुरुङलाई स्वर्ण

काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोकी स्वर्ण विजेता पार्वती गुरुङले प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छिन् । महिला १८–३० वर्षमा नेपाल प्रहरीकी पार्वतीले ७.५० अंक जोडिन् ।

सैलुङ तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगिताको महिला १५ वर्षमा सुपर स्टार तेक्वान्दो डोजाङकी माया मल्ल ६.६६ अंकसाथ पहिलो भइन् । सोही स्पर्धाको पुरुषमा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का आयुश ढुंगेल पहिलो भए । उनले ६.३६ अंक प्राप्त गरे ।

सैलुङ गाउँपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पुरुष १० वर्षमा एनटीएका प्रशान्त धमलाले स्वर्ण जिते । उनले ५.५३ अंक जोडे । पुरुष १२ वर्षमा एनटीएका भिजन तामाङ ५.८० अंक जोड्दै शीर्ष स्थानमा रहे । महिला ३१–४० वर्ष स्पर्धामा ६.३० अंक जोडेकी तृप्ति बुढाथोकी पहिलो भइन् । २ सय खेलाडी सहभागी दुईदिने प्रतियोगितामा विभिन्न १४ स्पर्धा समावेश छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button