म्याद सकिएको ३ वर्षमा पनि सडक निर्माण हुन सकेन
वीरगञ्ज । वीरगञ्जको शहरी क्षेत्रको सवारी चापलाई कम गरी व्यापार प्रर्वद्धनमा सहयोग गर्ने गरी निर्माण गरिएको २६ किमि लामो व्यापारिक सडक ठेकेदार कम्पनीको लापरवाहीले म्याद सकिएको ३ वर्षमा पनि निर्माण सम्पन्न हुन सकको छैन ।
आर्थिक वर्ष २०७४–०७५ को असार मसान्तमै बनाइसक्नुपर्ने व्यापारिक सडक निर्माण कम्पनीहरूका लापरवाहीका कारण अहिलेसम्म अलपत्र अवस्थामा छ ।
वीरगञ्ज पथलैया व्यापारिक मार्ग हालसम्म ७० प्रतिशत मात्र निर्माण सम्पन्न भएको परियोजनाका प्रमुख मनिष कुमार साहले बताउनुभयो ।
विशेष गरी परवानीपुर सडक खण्डमा स्थानीय वासिन्दाको अवरोधका कारण सडक निर्माण कार्यमा ढिलो भएको आयोजना प्रमुख साहको भनाई छ ।
बाराको पथलैयादेखि पर्साको सुक्खा बन्दरगाह सम्मको २६ किलोमिटर ६ लेनको व्यापारिक मार्ग निर्माण गर्न ६ वटा प्याकेजमा विभिन्न निर्माण कम्पनीहरूले ३ अर्ब १२ करोड ४१ लाख रुपैयाँमा ठेक्का लिई काम सुरु गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्