रोल्पाको जेलवाङमा ११ वटा होमस्टे सञ्चालन
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ७ जेलबाङमा एक वर्षको अवधिमा करिब ११ वटा होमस्टे सञ्चालनमा आएका छन् । गत वर्ष युवाहरु मिलेर पर्यटन व्यवसायलाई विकास गर्ने उद्देश्यले जेलवाङमा पर्यटन प्रवर्द्धन तथा गेमी होमस्टे संस्था सञ्चालनमा ल्याएका थिए ।
लुम्बिनी प्रदेशकै चर्चित धार्मिक तथा पर्यटकीय क्षेत्र नेपालको १०० गन्तव्य मा पर्ने जलजला जाने प्रवेशद्वार हो जेलवाङ । जेलबाङबाट पदमार्ग हुँदै जलजला जान सकिने भएकाले संस्थाले टेण्ट र सिलिपिङ ब्याग लगायतका सामाग्रीहरु खरिद गरेको छ ।
सुनछहरी गाउँपालिकाभित्र विभिन्न पर्यटकीय गन्तव्य, स्थानीय खानाका परिकार, रैथाने संस्कार, संस्कृति, भेषभुषा, भाषा, रहनसहन झल्कने सामाग्री होमस्टेमा समावेश गरिने र जेलवाङको रमणीय स्थल लुङटुङमा सहिद स्मृति पार्क बनाउने तयारी छ ।







प्रतिक्रिया राख्नुहोस्