तपाईँ सुन्दै हुनुहुन्छः

खोला तर्ने क्रममा डुवेर एक महिलाको मृत्यु

झापा । झापामा खोला तर्ने क्रममा ७२ वर्षीया महिलाको डुवेर मृत्यु भएको छ । हल्दीवारी गाउँपालिका–५ बस्ने ७२ वर्षीया हरिमाया बेघाको भुतेनी खोलामा डुबेर मृत्यु भएको हो ।

गएराति खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यता कनकाई नगरपालिका–५ टेक्रा चौकमा भएको सवारी दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ भने अर्का एक युवा गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार वा २ ख ९२८४ नम्वरको ट्रिपर र को ६ प २०८५ नम्वरको मोटरसाइकल ठोक्किदा झापा गाउँपालिका ३ का २० वर्षीय सागर लिम्बूको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवारी सोही ठाउँका ३५ वर्षीय गोपाल लिम्बू गम्भीर घाइते भएकाले उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा सम्लग्न सवारीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button