‘खाडी मुलुक जाने आप्रवासी नेपाली श्रमिकको अवस्था चिन्ताजनक’
बारा । रोजगारका लागि खाडी मुलुक जाने आप्रवासी नेपाली श्रमिकको अवस्था चिन्ताजनक रहेको मजदुर सङ्गठन बि.डब्लु.आईको एक अध्ययनले देखाएको छ ।
अध्ययनको अभाव र भाषाको ज्ञान नहुँदा सम्बन्धित राजदुतावाससम्म समेत उनीहरुको पहुँच नहुने गरेको बि.डब्लु.आईका प्रतिनिधि प्रदिप आचार्यको भनाई छ ।
हालसम्म भारतबाहेकका बाह्य मुलुकमा मात्रै करिब ४० लाख नेपाली श्रमिकले काम गरिरहेका छन् । जसमध्ये अधिकांश खाडी मुलुकमा निर्माण कार्यमा खटिने गरेका छन् । सन् २००२ मा गठन भएर २००७ देखि आप्रबासी मजदुरका हकमा काम गरिरहेको बि.डब्लु.आईले हालसम्म कतारबाट मात्रै ५६ जना अलपत्र मजदुरको उद्धार गरिसकेको जनाएको छ ।
विशेष गरी निर्माण कार्यका लागि सो क्षेत्रमा पुगेका श्रमिकले बन्धकको जस्तो अवस्था भोग्नुपरेको बि.डब्लु.आईको अध्ययनले देखाएको हो । संगठनले सिमरामा आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका प्रतिनिधि आचार्यले विशेष गरी आजाद भिसामा कतार जाने श्रमिकहरु यस्तो समस्यामा पर्ने गरेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्