थप ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, ४ सय ४७ जना सङ्क्रमणमुक्त

काठमाडौँ । देशभर थप ५ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ६ हजार पीसीआर परीक्षण गर्दा ३ सय ३८ पुरुष १ सय ९६ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ ।
यस्तै आज थप ४ सय ४७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको छ ।
हाल देशभर रहेका ६ हजार ३ सय ७८ सक्रिय संक्रमित मध्ये २ हजार ८ सय ७२ जना होम आइसोलेसनमा रहेका छन् ।
यस्तै गम्भीर लक्षण देखिएका २ सय ३६ जनाको आई.सी.यु र ३६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमणका कारण आज थप ९ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या १ हजार ८ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्