तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा थप २२ जनामा कोरोना भाइरस संक्रमणपुष्टी

फाइल तस्बिर

धनगढी । कैलालीमा आज थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको धनगढी उपमहानगरपालिका क्षेत्रका १७ जना, कैलारी गाउपालिकाका २ जना, गोदावरी नगरपालिकाका २ जना र कैलालीका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।

योसंगै कैलालीमा कोरोना संक्रमितको संख्या ५ हजार ५ सय ९६ पुगेको छ । जसमध्य हाल सम्म ५ हजार १३ जना संक्रमण मुक्त भएको स्वास्थ्य महाशाखाले जनाएको छ । कैलालीमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २६ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button