गाउँमै नागरिकतासहित कम्मल वितरण
अछाम । अछामका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले गाउँमै नागरिकतासहित कम्मल वितरण गरेको छ ।
सदरमुकाम मंगलसेनबाट ६० किलोमिटर टाढा रहेको चौरपाटी गाउँपालिका वडा नम्बर २ सोकटमा प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय लगायतको टोलीले हालसम्म नागरिकता बनाउन नसकेका नागरिकताविहीन ८३ वर्षीया सीता ढोली र ६२ वर्षीया कमली भूललाई नागरिकतासहित न्यानो कम्मल वितरण प्रदान गरेको हो ।
आफ्नै गाउँमा नागरिकतासहित न्यानो कम्मल पाउँदा उनीहरु खुसी देखिएका छन् ।
पौष १ गते बाट कार्यालयमा सेवा लिन आउने ७० बर्ष भन्दा माथि सेवा लिन आउने सेवाग्राहीलाई न्यानोका लागि कम्मल सहयोग गर्ने गरेको भए पनि शनिबार गाउँमै पुगेर नागरिकतासहित न्यानो कम्मल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।
हालसम्म २५ जना भन्दा बढी सेवाग्राहीलाई कम्मल दिइसकेको जिल्ला प्रशासन कार्यलयले अछामले वताएको छ ।
चिसोमा बृद्धबृद्धालाई सहयोग होस भनेर कम्मल वितरण सहयोग शुरु गरिएको सहायक प्रमुख प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिलसेनाले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यलय अछामले नागरिकलाई सेवा प्रवाहसंगै गत भदौ २ गतदेखि नागरिकता सचेतना अभियान पनि सञ्चालन गरिरहेको छ ।
अछाममा प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय आइसकेपछि जनसेवा र प्रशासनले दिने सेवा सुबिधा छिटोछरीतो हुने गरेको यहाँका स्थानीयको भनाइ छ ।







प्रतिक्रिया राख्नुहोस्