नयाँ वरियतामा पूर्व कप्तान खड्का एक स्थान तल
काठमाडौं । आइसीसीको टी २० को नयाँ वरियतामा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का एक स्थान तल झरेका छन । यसअघि ७२ औं स्थानमा रहेका पारस एक स्थान तल झरेका हुन ।
उनको कुल रेटिङ चार सय अंक रहेको छ । उनको टी २० को ब्याटिङमा उच्च वरियता ४२ औं स्थानको रहेको छ । ब्याटिङमा टी २० को वरियतामा पारस शीर्ष १ सयमा पर्ने एक्लो नेपाली खेलाडी हुन ।
टी २० को बलिङमा पनि सन्दिप लामिछाने ८० औं स्थानमा छन । उनी यो भन्दा अगाडी ८१ औं स्थानमा थिए ।
टी २० को विश्व वरियतामा शीर्ष स्थानमा इंग्ल्याण्डका डाविड मालान यथावत छन । दोस्रो स्थानमा बाबर अजाम छन भने तेस्रो स्थानमा भारतीय खेलाडी लोकेश राहुल छन ।
बलिङमा शीर्ष दुई स्थान अफगानिस्तानी बलरले ओगटेका छन । शीर्ष स्थानमा रासिद खान र दोस्रो स्थानमा मुजिब उर रहमान छन ।








प्रतिक्रिया राख्नुहोस्