तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा केन्द्रीय समितिको बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूको बाक्लो उपस्थिति रहेको प्रधानमन्त्रीका संचारविज्ञ रामशरण बजगाईँले बताउनुभयो ।

बैठकमा पार्टीको पछिल्लो अवस्थाका बारेमा छलफल हुने बताइएको छ ।

बैठकमा  पूर्वमाओवादीतर्फका नेकपाका तीन स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्टलगायतका नेताहरूकोसमेत सहभागिता रहेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button