एथ्लेटिक्स संघद्वारा तीन जनालाई उपाध्यक्षमा मनोनित
काठमाडौं । नेपाल एथ्लेटिक्स संघले तीन जनालाई उपाध्यक्षमा मनोनित गरेको छ ।
चितवनको सौराहामा बसेको संघको कार्यसमिति बैठकले रिक्त रहेको तीन उपाध्यक्ष मनोनित गरेको हो । बैठकले सुर्खेतका जनक रावल र प्रदेश नम्बर एकबाट जितेन्द्र चौधरी र कुमार श्रेष्ठलाई संघको केन्द्रिय उपाध्यक्षको जिम्मेबारी दिएको छ ।
संघको विधानले एक वरिष्ठ सहित तीन उपाध्यक्ष रहने व्यवस्था गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र थापा यसअघि नै मनोनित भईसकेका छन् । बैठकले रिक्त रहेको दुई सदस्यमा दाङकी गिता बस्नेत र प्रभाकर पाण्डेलाई मनोनित गरेको छ ।
दुई वर्षअघि चितवनको सौराहामै बसेको साधारण सभाले राजीव बिक्रम शाहलाई अध्यक्षमा निर्वाचित गरेको थियो । निर्वाचनको झण्डै दुई वर्षपछि संघले तीन उपाध्यक्ष र सदस्यको रिक्त पदमा मनोनित गरेको हो ।
संघको विधान अनुसार १७ सदस्यीय कार्यसमितिमा अध्यक्ष सहित १० सदस्य निर्वाचनबाट र बाँकी ५ जना निर्वाचित कार्यसमितिले मनोनित गर्ने व्यवस्था छ । बैठकले देशभर सञ्चालित म्याराथनलाई समन्वय गरेर स्विकृति दिएर जाने विषयमा निर्णय गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्