भिमदत्त नगरपालिका भित्रका शैक्षिक संस्था आइतबारबाट बन्द
कञ्चनपुर । चिसोसँगै कोरोना सङ्क्रमणको जोखिम बढेकाले कञ्चनपुरको भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरू आइतबारबाट बन्द गर्ने निर्णय भएको छ ।
नगर शिक्षा समितिले विद्यालय लगायत नगर क्षेत्रमा रहेका सम्पूर्ण शैक्षिक संस्थाहरू आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि बन्द रहने नगरपालिकाका शिक्षा शाखा प्रमुख हरीदत्त जोशीले बताउनु भएको छ ।
भीमदत्त नगरपालिकामा निजी र सामुदायिक गरी एक सय २६ वटा विद्यालय रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्