तपाईँ सुन्दै हुनुहुन्छः

प्राविधिक तथा आधुनिक शिक्षामा प्रदेशको जोडः मन्त्री दुलाल

सिन्धुपाल्चोक । वागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले रोजगारमुलक प्राविधिक तथा आधुनिक शिक्षामा प्रदेशले जोड दिएको बताउनुभएको छ ।

उहाँले सीपमूलक र स्वदेशमै बसेर रोजगार व्यवसाय गर्नसक्ने शिक्षाको विकास गर्न तीनै तहको सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।

हेलम्बु ३ ककनीको पाल्चोक मा.वि.को नवनिर्मित ४ कोठे भवन उद्घाटन गर्दै भौतिक पूर्वाधारसँगै शिक्षक व्यवस्थापन, पाठ्यक्रम निर्माण, गुणस्तरीय शैक्षिक सामाग्री निर्माणमा लागेकाले चाँडै नै झोलामा सर्टिफिकेट बोकेर भौतारिने दिनको अन्त्य हुने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button