तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत सर्ट भएर आगलागी हुँदा एकको मृत्यु

सप्तरी।  सप्तरीको राजविराज नगरपालिका–१६ बोरिमा एकाविहान विद्युत सर्ट भएर आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ ।
विहान करिब ४ बजेतिर गोठमा आगलागी हुँदा गोठमा सुतिरहेको ८५ वर्षीय झलाही यादवको घटनास्थलमै मृत्यु भएको हो ।

शवको मुचुल्का तयार गरी पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनाराण सिंह अस्पताल पठाइएर र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) भुवनेश्वर साहले जानकारी दिनुभयो ।

सोही आगलागीमा घरमा रहेको करिब एक लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ भने आगो नेपाल प्रहरी, दमकल र स्थानीयवासीहरुको सहयोगमा करिब डेढ घण्टापछि नियन्त्रणमा आएको डिएसपी साहले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button