तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथर जिल्ला अस्पतालको स्तरउन्नती गरिने

पाँचथर-पाँचथर जिल्ला अस्पताललाई चाडै स्तरोउन्ती गरिने भएको छ । यसअघि १५ शैयाको वडे क्षमता रहेको सो अस्पताललाई वेड थप गरी ३० शैयामा सञ्चालन गरिदै आएको छ । नयाँ भवन निर्माण पछि भेन्टिलेटर र आस्य’सहितको ५० शैया सञ्चालन गरिने १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुुुर आङबोले बताउनुभयो ।

अस्पताल बिकास समित पाँचथरले आज आयोजित सरोकारवालहरु बीचको अन्तरक्रिया कार्यक्रममा सो कुुरा बताइएको हो । अहिले पाँचथर अस्पतालको २१ करोड ९६ लाखको लगानीमा नयाँ अस्पताल निर्माण भइरहेको छ भने सो भवनको ८० प्रतिशत भौतिक संरचना निर्माण सकिएको निर्माण कम्पनीले सो कार्यक्रममा जानकारी दिएको हो । भवन निर्माण अवधि यही चैत्र मशान्तभित्र रहेको जनाइएको छ ।

जिल्ला अस्पताल ५० शैयाको क्षमता सञ्चालनसगै सो अस्पताललाई एक सय क्षमतामा सञ्चालनको लागि आगमी बर्षमा डिपिआर गर्ने र स्वास्थ्य प्राबिधिक एचए, तथा नर्सिङ सेवा सञ्चालनको लागि प्रक्रिया अघि बढाइने बताउनुु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button