तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुर जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने अभियान अवरुद्

कञ्चनपुर- कोभिड १९ ले कञ्चनपुर जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने अभियान अवरुद्ध भएको छ । सरकारी घोषणा अनुसार गत वर्ष साक्षर जिल्ला घोषणाका लागि गरिएको तयारी अन्तिम समयमा आएर कोरोनाका कारण रोकिएको थियो । गत वर्ष समन्व समिति सहित सवै तहमा साक्षरता कार्यक्रम सञ्चालनका लागि दुई देखि १० लाख सम्म वजेट आएको थियो ।

यस वर्ष पनि कञ्चनपुरलाई साक्षर जिल्ला घोषणा गर्न शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुर सहित सवै स्थानीय तहमा वजेट आएको भएपनि कोरोना संक्रमणकै कारण अवरोध हुने देखिएको छ । स्थानीय तहले निरीक्षरलाई साक्षर वनाउन कक्षा सञ्चालन लगाएतका विभिन्न कार्यक्रम सञ्चालन तयारी गरेपनि कोरोनाका कारण सवै कक्षा स्थगित हुदा साक्षर वनाउने कार्यक्रम रोकिएको शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख भरतबाबु सुवेदीले वताउनुभएको छ ।

उहांले कोरोना संक्रमणले यस वर्ष पनि साक्षर जिल्ला घोषणा कार्यक्रम सञ्चालन गर्न सकिने अवस्था नदेखिएको वताउनु भएको छ ।
कञ्चनपुर जिल्लामा १५ देखि ६० वर्ष उमेर समुहका ४५ हजार वासिन्दा निरक्षर छन । उनीहरुमध्ये ९५ प्रतिशतलाई साक्षर वनाएपछि साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान रहेको छ । देशभर कञ्चनपुर सहित २५ जिल्लन मात्रै साक्षर घोषणा गर्न बाकी रहेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button