तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा जन्ती बस दुर्घटना : १३ जना घाइते

नेपालगज । बाँकेमा जन्ती बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

सुर्खेतबाट जन्ती लिएर बर्दियातर्फ जाँदै गरेको भे १ ख २०१७ नम्बरको बस  गएराति साढे १० बजे बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ नौवस्तास्थित डिगियामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको नेपालगन्ज मेडिकल मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक कुलदिप चन्दले जानकारी दिनुभयो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button