सरकारी र गैरसरकारी गरेर ५१ विधेयक संसदमा विचाराधिन

काठमाडौं । कोरोना महामारीका कारण संघीय संसदको वर्षे अधिवेशन अन्त्य भएको करिब छ महिना पुग्न लागेकाले संघीय संसद सचिवालयले अधिवेशन सञ्चालनका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।
विधेयक अधिवेशनका रुपमा मानिने हिउदे अधिवेशन कोरोनाका कारण आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै सञ्चालन गर्ने र संसदमा विचाराधिन ५१ वटा विधेयकलाई पूर्णता दिने गरी संसद् सचिवालयले तयारी गरिसकेको छ ।
बर्षे अधिवेशन अन्त्य भएको ६ महिना अर्थात् पुस १७ गतेसम्म संसदको हिउदे अधिवेशनको बैठक बस्नु पर्ने संवैधानिक व्यवस्था छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान हुने वित्तिकै कोरोनाका कारण आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै हिउदे अधिवेशन सञ्चालन गर्ने तयारी संसद् सचिवालयल गरिसकेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डे बताउनु हुन्छ । उहाँले भन्नुभयो “बैठक हलमा दुरी कायम गर्ने गरी सिटको व्यवस्थापन गरिएको, बालकुने र तलका दुवै हल बैठकका लागि प्रयोग गर्ने, दर्शक यस अधिवेशनमा भित्र बस्ने अनुमति नदिने, सञ्चारकर्मीहरुका लागि मिडिया सेन्टरसम्म मात्रै जाने व्यवस्था गर्ने तथा लाइभको व्यवस्था गरिएको छ । यस्तै सेनीटाइजर गर्न सेन्सर जडित उपकरणको सबै ढोकामा व्यवस्था गरिएको र तापक्रम नाप्ने स्वाचालित मेसिनको व्यवस्था गरी सवै खालका सुरक्षा मापदण्ड अपनाइएको छ ।”
संघीय संसदको पहिलो अधिवेशनदेखि अहिले छैठौ अधिवेशनसम्म आइपुग्दा संसदमा सरकारी ४६ वटा र गैरसरकारी ५ वटा गरी ५१ वटा विधेयक विचाराधिन अवस्थामा रहेका छन् ।
संसद अधिवेशन नहुदा समितिहरुबाट पास भएका कतिपय विधेयक संसदबाट पारित हुने प्रक्रिया रोकिएका छन् भने संघीय निजामति कर्मचारी विधेयक, नागरिकता विधेयक जस्ता महत्वपूर्ण विधेयकहरु विचाराधीन रहेका छन् ।
यस्ता विधेयकहरु पारित गरी अधिवेशनलाई उपलब्धिमुलक बनाउन संसदका सबै दल जिम्मेवार बन्नु पर्ने प्रवक्ता डा. रोजनाथ पाण्डे बताउनु हुन्छ । यो अधिवेशनलाई उपलब्धि मुलक बनाउने कुरामा विधेयकहरु पार लगाउने कुरामा धेरै पक्षहरुबाट भुमिका खेल्नु पर्ने अवस्था रहेको भन्दै प्रवक्ता डा. पाण्डेले भन्नुभयो “संघीय संसदको पहिलो अधिवेशनदेखि अहिले टैठौ अधिवेशनसम्म आइपुग्दा करिब ४६ वटा सरकारी र ५ वटा गैरसरकराी गरी ५१ वटा विधेक संसदमा छलफल गर्नु पर्ने अवस्थामा छन् । पुराना विधेयकहरु जो प्राथमिकताका क्रममा आएका थिए करिब करिब समितिले प्रतिवेदनहरु तयार गरिसकेको अवस्था छ तिनिहरुलाई बैठकमा लैजाने चरणरमा छौ, केही विधेयकहरु प्रारम्भिक चरणमा छन्”
संघीय संसदमा विचाराधीन विधेयक मध्ये राष्ट्रिय सभामा १४ विधेयक रहेका छन् भने अन्य सबै विधेयक प्रतिनिधि सभामा छन् ।
कोरोना संक्रमण बढिरहेकाले संसदको बैठक सञ्चालन दिनमा कति लामो समय सम्म र कति लामो अवधिसम्म सञ्चालन गर्न सकिन्छ भन्ने जस्ता चुनौति रहेकाले त्यसबारे नीतिगत निर्णय गरेर अगाडी बढ्नु पर्ने अवस्था रहेको संसद सचिवालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्