व्यवसायिक रुपमा स्थापित गर्ने लक्ष्यकासाथ किसानहरुलाई प्याज ,मकै तथा तोरीको बीउ वितरण

सप्तरी । सप्तरिको कञ्चनरुप नगरपालिकाले किसानलाई उन्नत जातको प्याज , मकै तथा तोरीको बीउ पचास प्रतिशत अनुदानमा वितरण गरिरहेको छ ।
नगरपालिकाले अनुदानमा बीउ वितरण गर्नाले किसानहरुलाई ठुलो राहत मिलेको किसान लक्ष्मण सरदारले बताउनु भयो । नगरपालिकाले किसानको पक्षमा काम गर्न थालेपछि हामीलाई कुषि पेसा प्रति उत्सुक्ता जागी व्यवसायिक कृषि पेसा गर्न उत्प्रेरणा मिलेको सरदार बताउँनु हुन्छ ।
किसानहरुलाई नगरपालिकाले बेला बेलामा अनुदानमा बीउ वितरण गरेर साना किसानहरुलाई ठुलो उपलब्धी भएको भन्दै खुशी व्यक्त गर्नु हुन्छ किसान सरस्वती देवी मण्डल । नगरपालिकाबाट लगेको बीउ खेतमा लगेर छरी राम्रो उत्पादन गर्न सफल भई राम्रो आम्दानी समेत गर्न सकेको मण्डल बताउनु हुन्छ ।
नगरपालिकाको कृषि विकास शाखाले बेला बेलामा किसानहरुलाई अनुदानमा उन्नत जातका बिउहरु वितरण गरि ब्यवसायिक कृषि पेशामा उन्मुख गराउन सचेतना मुलक कार्यक्रम संचालन गरि किसानको हितमा काम गरिरहेको कृषि बिकास शाखाका बेचन सढोक यादव बताउनु हुन्छ । नगरपालिकाले अनुदानमा बीउ वितरण गर्न थालेपछि युवाहरुको आकर्षण कृषि पेसा तर्फ लाग्न थालेको यादव बताउँनु हुन्छ ।
त्यसैगरी कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्तकुमार मिश्रले खेतिपातीमै आश्रित रहेका स्थानिय किसानरुलाई अनुदानमा बीउ वितरण गरि व्यवसायिक रुपमा स्थापित गर्ने लक्ष्यकासाथ किसानहरुलाई प्याज , मकै र तोरीको बीउ वितरण गरिएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्