तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुद मैदान निर्माणमा भ्रष्टाचारः ४ जनाविरुद्ध मुद्दा दायर

सप्तरी । खेलकुद मैदान निर्माणका लागि सप्तरीमा आएको बजेटमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण कार्यमा संलग्न ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जल्लाको शम्भुनाथ नगरपालिका– १ स्थित खाँडो खोलास्थित खेलकुद मैदान मर्मत सम्भारका लागि खेलकुद मन्त्रालयबाट आएको बजेटमा २ लाख ७५ हजार ६२३ थप गरी उपभोक्ता समिति र प्राविधिक कर्मचारीले फर्जी बिल भरपाई पेस गरेको पाइएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

तत्कालीन जिल्ला प्राविधिक कार्यालय, सप्तरीका इन्जिनियर विकास श्रेष्ठ, जिल्ला खेलकुद विकास समिति, सप्तरीका तत्कालीन उपाध्यक्ष धिरेन्द्र बर्मा, तत्कालीन प्रशासकीय अधिकृत महेन्द्र प्रसाद यादव र फुटबल खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष बुद्धिलाल यादवविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

आर्थिक अनियमितता गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान गर्दा चारजनाको मिलोमतोमा बढी रकम भुक्तानी लिनेरदिने गरी नेपाल सरकारलाई हानी र आफूलाई लाभ हुने कार्य गरेको पाइएको अख्तियारको दाबी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button