बैतडीमा हालसम्म चार जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि
बैतडी । बैतडीमा हालसम्म चार पत्रकारलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि हुनेहरुमा रेडियो निङ्गलाशैनीका स्टेसन म्यानेजर भगीरथ अवस्थी, लेखापाल जयराज अवस्थी, नागरिक दैनिकका समाचारदाता बिरा गडाल र एभिन्युज टेलिभिजनका संवाददाता लोकेश साउद रहेका छन् ।
सङ्क्रमित चार जनामध्ये एक जनाले कोरोना जितिसकेको छन् भने तीन जना सक्रिय अवस्थामै रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
सक्रिय सङ्क्रमित पत्रकारहरु सबै होम आइसोलेसनमा रहेका छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्