तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भत्ता नपाएपछि प्रदेश २ मा कन्ट्राक्ट्रेसिङ्गको काम बन्द

 जनकपुरधाम । स्थानीय तहमा कार्यरत रहेका स्वास्थ्यकर्मीहरुलाई कोरोना भत्ता नदिएपछि प्रदेश नंं २ मा कन्ट्राक्ट्रेसिङ्गको कामकाज बन्द रहेको छ ।

प्रदेश नंं २ मा कोरोना संक्रमणको पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेकाहरुको पनि कन्ट्राक्ट्रेसिङ्गको कामकाज नभएका कारणले पनि कोरोनको पहिचान तथा परीक्षणमा समस्या भईरहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले जनाएको छ ।

प्रदेश नंं २ मा रहेका १ सय ३६ पालिका मध्ये अधिकांशले स्वास्थ्य क्षेत्रमा कोरोनाको समयमा जोखिम मोलेर कामकाज गर्ने स्वास्थ्यकर्मीलाई विषेश भत्ता नदिएपछि स्वास्थ्यकर्मीहरुले कन्ट्राक्ट्रेसिङ्गको कामकाज बन्द गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख निर्देशक श्रवण कुमार मिश्रले जानकारी दिनु भयो ।

खास गरेर कोरोना पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिको खोज पडताल नभएकाले संक्रमित आफै सम्पर्कमा रहेकाहरुलाई सचेत गराउने गरेका छन् । कोरोना पुष्टि भएका व्यक्तिका सम्पर्कमा भएकाहरुको निगरानी तथा परीक्षणका लागि पालिकामा रहेका स्वास्थ्यकर्मीहरुले कन्ट्राक्ट्रेसिङ्गको कामकाज विगतमा गर्ने गरेका थिए ।

खास गरेर लक्ष्ण भएकाहरुको मात्र पि सि आर परीक्षण हुने गरेका कारणले लक्ष्ण सहितका विरामीको संख्या प्रदेश नंं २ मा निक्कै थोरै भएको र त्यसमा पनि कन्ट्राक्ट्रेसिङ्ग नगर्दा संक्रमितको पहिचान कठिन भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button