बाह्र विघा रङ्गभूमि मैदानमा १ सय ५१ फिटको सीताको प्रतिमा बन्ने

जनकपुरधाम । जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदानको शौन्दर्यीकरणको काम चाडै शुरु हुने भएको छ ।
जानकी मंन्दिर अधिनस्त रहेको बाह्र विघा रङ्गभूमि मैदानको स्वरुप यथावत रहने गरि उत्तर पूर्वको कुनामा सीता स्वयंम्बर, धनुष यज्ञ प्रतिकात्मक कला सहितको माता सीताको १ सय ५१ फिटको अग्लो प्रतिमाको निर्माण गरिने भएको छ । योजनाको डिपिआर पनि निर्माण भएकाले चाडै शुरु हुने जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्थ रामरोशन दास वैष्णवले जानकारी दिनु भएको छ ।
विभिन्न निकायहरुको सहयोगमा रङ्गभूमि मैदानको शौन्दर्यीकरणको कामकाज शुरु हुने भएको छ । नेपाली मूलका अमेरिकन नागरिक काजल कर्णको सहयोगमा उक्त ठाउँमा पर्यटकलाई आकर्षित गर्ने किसिमले पूर्वाधारहरुको निर्माण गरिन थालेको उत्तराधिकारी महन्थ दासले बताउनु भयो ।
माता सीतालाई अवला होईन वीराङ्गना नारीको रुपमा प्रदर्शीत गर्ने लक्ष्य सहित निर्माण तथा शौन्दर्यीकरणको कामकाज गरिने विषयमा जनकपुरधाममा आज सर्वदलीय तथा सर्वपक्षीय वैठक सम्पन्न भएको छ ।

जानकी मंन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णको अध्यक्षतामा भएको वैठकमा सहभागि भएका राजनीतिक दल, नागरिक समाज तथा विभिन्न संस्थाहरुका प्रतिनिधिहरुले निक्कै राम्रो कार्य भएकाले चाडै अगाडी बढाउनका लागि आग्रह गर्नु भएको थियो । यसको शौन्दर्यीकरणपछि जनकपुरधाममा दर्शनीय स्थलको रुपमा रंङ्गभूमि मैदान पनि थपिने भएको छ ।
जनकपुरधामको मध्य भागमा रहेको बाह्र विघा रङ्गभूमि मैदानमा त्रेता यूगमा मर्यादा पुरुषेत्तम भगवान राम तथा माता सीताको बीचमा स्वयंम्बर कार्यक्रम सम्पन्न भएको धार्मिक मान्यता रहेको छ । स्वर्यम्बर भन्दा अगाडी सोही ठाउँमा नै धनुषयज्ञ पनि भएको र यज्ञमा विभिन्न देशका राजाहरु सहभागि भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख रहेको छ ।
खास गरेर यस ठाउँमा विश्वमा नै माता जानकीको सवै भन्दा अग्लो प्रतिमाको निर्माण हुने भएको छ । यसको निर्माण भएपछि जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकासमा थप योगदान पुग्ने विश्वास जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं प्रदेश नंं २ का अध्यक्ष शिवशंकर साह हिराले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्