तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि

अछाम – अछाम जिल्लामा बिहीबार १० जना कोरोना सङ्क्रमित थपिएका छन् । एक जना महिला र नौ जना  पुरुषसहित १० जना कोरोना सङ्क्रमित थपिएका कमल बजार प्रयोगशालाले जनाएको छ ।

नयाँ कोरोना सङ्क्रमित थपिनेमा जिल्लाको मंगलसैन नगरपालिकाका  चार जना पुरुष, साँफेबगर नगरपालिकाका एक महिला र दुई पुरुष गरी तीन जना, बान्नीगढी जयगढ गाउँपालिकाका तीन जना पुरुष रहेका छन् ।

मंगलसैन नगरपालिकामा संक्रमित थपिनेमा एक जना स्वास्थ्यकर्मी र ३ जना पत्रकार रहेका छन् । मंगलसैन नगरपालिका वडा नम्बर १ का ३६ वर्षका पुरुष, वडा नम्बर ६ र १३ का २३ वर्षका पुरुष, वडा नम्बर ९ का २८ वर्षका पुरुष छन् ।

यस्तै बान्नीगढी जय गढ गाउँपालिकाका ३ जना पुरुषमा पुन परीक्षणमा समेत कोरोना पोजेटिभ देखिएको प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले बताउनु भयो ।

प्रयोगशाला स्थापना भएपश्चात् कमल बजार पिसिआर प्रयोगशालामा आजसम्म २ हजार ५३ जनाको कोरोना परिक्षण गरिएकोमा १ सय ८५ जना संक्रमित भेटिएका छन् ।

यस्तै ४५ जनाको पुनः परिक्षण गरिएकोमा १८ जनाको दोस्रो पटक समेत कोरोना पोजेटिभ देखिएको सूचना अधिकारी विष्टले बताउनुभयो ।

जिल्लाभरिबाट १० हजार ९ सय ५४ जनाको स्वाब सङ्कलन गरी परिक्षण गरिएकोमा अछाममा हालसम्म १२ सय २२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले बताउनुभयो ।

सङ्क्रमित मध्ये ११ सय ५५ जना निको भएर घर फर्किसकेका छन् भने जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ६१ रहेको छ । कोरोनाका कारण अछाम जिल्लाका हालसम्म ४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button