तपाईँ सुन्दै हुनुहुन्छः

बारामा बाँदर धपाउन यन्त्रको प्रयोग गरिँदै

बारा  ।  बाँदरले अन्नबाली  नष्ट र मानिसलाई  आक्रमण गर्न थालेपछि जनहित उपभोक्ता समिति सिमरा बाराले बाँदर धपाउन बाँदर धपाउने यन्त्र ल्याएको छ ।

समुदायमा पसेर बाँदरले घरको समान, करेसाबारीमा लगाएको तरकारी र खेतमा लगाइएको अन्नबाली नष्ट गर्न थालेपछि बस्तीका बासिन्दाहरू आजित भएका छन् ।

करिब २ बर्ष अगाडि बाँदर नियन्त्रण गर्न समितिले  सिन्धुलीबाट घाँस ल्याए पनि त्यो प्रभावकारी हुनु नसकेको जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले जानकारी दिनुभयो ।

बाँदर धपाउने उपायहरूको खोजी गर्ने क्रममा बाँदर धपाउने यन्त्र ल्याइएको उहाँले बताउनुभयो । मेसिन अहिले परिक्षणकालमै रहेकाले यसको पुुर्ण जानकारी आफुुहरुलाई हुनु नसके पनि विज्ञहरूले एक चोटि मेसिनको प्रयोग गरेपछि १०।१२ दिनसम्म बाँदर त्यस ठाउँ वरिपरि नआउने बताएको जानकारी दिनुभयो ।

नेपाल सरकारको कृषि ईन्जिनीयरिङ अनुसन्धान केन्द्रले बाँदर धपाउने यन्त्र तयार पारेको हो ।

जनहित उपभोक्ता समितिले तत्कालै सात वटा बाँदर धपाउने यन्त्र ल्याएको छ ।

उसले यस समिति मातहत रहेका चार वटा सामुदायिक बन उपभोक्ता समुहहरुलाई वितरण गर्ने जनहित उपभोक्ता समितिले जनाएको छ ।

यो यन्त्र बाँदर धपाउन  प्रभावकारी भएमा थप अरू पनि यन्त्रहरू मगाउने जनहित उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button