तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा पिकअप दुर्घटनाहुँदा एकको मृत्यु, दुई घाइते

पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गंभिर घाइते भएका छन् ।

पाँचथरको फिदिमबाट जोरसालतर्फ जाँदै गरेको बा १९ च ५७३६ नम्बरको पिकअप जिप गए साँझ सडकबाट करिब ५० मिटर तल खोल्सीमा खस्दा फिदिम नगरपालिका वडा न १ का २० वर्षीय अर्जुन शंकरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ । दुर्घटनामा चालकसहित दुई जना गंभिर  घाइते भएको प्रहरीले बताएको छ ।  गम्भीर घाइते भएका धरान उपमहानगरपालिका–१ का पर्वत गुरुङ र झापा गरामुनि–१ बस्ने २१ वर्षीय अर्जुन मगरको झापाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button