धनुषाको १२ पालिकामा बन्ने अस्पतालको शिलान्यास
जनकपुरधाम । कोरोना संक्रमणमा संक्रमित भएकाहरुलाई उपचारमा समस्या आएको देखेपछि नेपाल सरकारले गरेको निर्णय अनुसार धनुषा जिल्लाका १२ पालिकामा नयाँ अस्पतालको निर्माण गर्ने अभियानको शुरुआत भएको छ ।
धनुषा जिल्लामा रहेका १८ पालिका मध्ये क्षिरेश्वरनाथ, गणेशमान चारनाथ, धनुषाधाम, मिथिला, मिथिला विहारी, विदेह, सवैला, शहिदनगर तथा हंशपुर नगरपालिकामा अस्पतालको निर्माणको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी, औरही, मुखियापट्टी मुसहरनिया तथा वटेश्वर गाउँपालिकामा अस्पतालको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । युणस्तरीय स्वास्थ्य सेवा गाउँ घरमा नै प्रदान गर्ने उद्देश्यले अस्पतालको शिलान्यास पालिकाहरुमा भईरहेको छ ।
धनुषा जिल्लाको मिथिला विहारी नगरपालिकाको वडा नंं २ मा रहेको मिथिला विहारी विद्यालय पसिरमा बन्ने १५ सैयाको अस्पतालको नगरपालिकाका प्रमुख अनिल यादवले आज शिलान्यास गर्नु भएको छ ।
१४ करोड ८३ लाख ५२ हजारको लागतमा १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको र यसका लागि नेपाल सरकारले तीन करोड बजेट पनि पठाएको जानकारी मेयर यादवले दिनु भयो ।
यसैगरी, हंशपुर नगरपालिकामा १५ शैयाको अस्पतालको आज नगरप्रमुख रामध्यान मण्डलले शिलान्यास गर्नु भयो । करिव १८ करोडको लागमा अस्पतालको निर्माण हुने नगरप्रमुख मण्डलले जानकारी दिनुभयो ।
धनुषा जिल्लाको मिथिला नगरपालिकाकोे हेल्थपोष्ट परिसरमा निर्माण हुने १५ सैयाको अस्पताल भवनको नगरप्रमुख हरिनारायण महतोले भव्य कार्यक्रमका बीचमा शिलान्यास गर्नुभयो । १८ करोडको लागतमा अस्पतालको निर्माण गर्ने कार्यक्रम रहेको उहाले बताउनु भयो ।
यसैगरी, धनुषा जिल्लाको सवैला नगरपालिकामा निर्माण हुने १५ सैयाको अस्पताल भवनको शिलान्यास नगरप्रमुख विजय शंकर साहले गर्नु भयो । उक्त अस्पताल भवन १८ करोडको लागतमा निर्माण हुने जानकारी पनि दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्