अछाममा बस दुर्घटना, एक जनाको मृत्यु, १७ घाइते

अछाम । अछाममा आज बिहान बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
सदरमुकाम मंगलसेनबाट धनगढी जाँदै गरेको सुदुरपश्चिम यातायात प्रा।लि।को ना ४ ख ९९७२ नम्बरको बस दुर्घटना हुँदा साँफेबगर नगरपालिका वडा नं। ३ का १९ बर्षीय निरज कुवँरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिनुभययो।
आज बिहान ८ बजे चौरपाटी गाउँपालिका वडा नं ७ मार्कुमा बस दुर्घटना हुँदा अन्य १७ जना घाइते भएका छन् ।
घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अनीहरुको उपचार भइरहेको बयालबाटा अस्पतालले जनाएको छ ।
अन्य घाइतेहरुको पनि बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेमा अछामको चौरपाटी गाउँपालिका वडा नं ५ की ६५ वर्षीया पार्वती भण्डारी, ४० वर्षका प्रमानन्द भण्डारी, २३ वर्षीया मनदेवी भण्डारी, मेल्लेख गाउँपालिका वडा नं ७ नन्देगडाकी ३१ बर्षीया यज्ञश्वरी उपाध्याय, ९ वर्षका डण्ड प्रसाद उपाध्याय, भिमदत्त नगरपालिका १८ कञ्चनपुर की २५ वर्षीया सोनिया चन्द, बान्निगढी जयगढ गाउँपालिका वडा नं ५ कालिकाका २४ बर्षका नरेश रावल रहेका छन् ।
यस्तै साँफेबगर नगरपालिका वडा नं ३ का १७ बर्षका सन्तोष भण्डारी, वडा नं ६ भाग्यश्वरका ६० बर्षका कृष्ण राज पण्डित र उनकी श्रीमती ५१ बर्षीया बसुन्धुरा पण्डित, भाग्यश्वरकै २७ बर्षका अजय रावल, साँफेबगर नगरपालिका वडा नं १३ बाब्लाका ३० बर्षका कृति सिँह कुँवर, साफेबगर नगरपालिका वडा नं १० घुघुरकोटकी २३ बर्षीय लक्ष्मी बोगटी, साँफेबगर नगरपालिका वडा नं ४ का ४१ बर्षका टंक भण्डारी रहेका छन् ।
बसमा ३७ जना यात्रु सवार रहेका र अन्य सबैको प्राथमिक उपचारपछि घर फिर्ता भएका डिएसपी थापाले बताउनुभयो । बस तीब्र गतिमा रहेको र मोड काट्न नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको र बस चालकलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।
बस सडकबाट करिब ५० मिटर तल खसेको छ ।






प्रतिक्रिया राख्नुहोस्