सरकार निजी क्षेत्रलाई साथ लिएर अघि बढ्छः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रको साथ लिएर अघि बढ्ने बताउनु भएको छ ।
नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा रहेकोले बताउँदै कोभिड १९ का कारण सिर्जित प्रतिकूलताका बावजुद पनि उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गर्नु भयो ।
अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने र नीति नियम बनाउदादेखि कार्यान्वयनको तहसम्म निजी क्षेत्रको फिडब्याक लिएर काम गर्ने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले निजी क्षेत्रले अघि सारेका माग तथा विषयलाई सम्बोधन गर्नका लागि निरन्तर दोहोरो संवादमा रहने बताउनुभयो ।
उद्योगी तथा व्यावसायीहरुलाई सहयोग तथा प्रोत्साहनका लागि सरकारले पुनर्कर्जा, व्यावसायी निरन्तरता कर्जा लगायतका कार्यक्रमहरु ल्याएको भन्दै अर्थमन्त्री पौडेलले तिनीहरुको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले स्रोतको सीमितताभित्र रहेर काम गर्ने स्पष्ट पार्दै सरकारले उद्योगी व्यावसायी र उद्योगी व्यावसायीले सरकार भएर सोचेर काम गर्दा महत्वपूर्ण उपलब्धी हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले कोभिड–१९ ले सिर्जना गरेका समस्यालाई सम्बोधन गर्न, चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने लगायतका सुझाव दिनु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्