ईलाका प्रहरी कार्यालय छिटाहालाई जग्गादान
सुनसरी । गाउँमा शान्ती सुरक्षा र नागरिकलाई सुरक्षाको महसुस गराउन प्रहरीलाई आफ्नै भवनका लागि सुनसरीको गढी गाउँपालिकाका २ समाजसेवीले जग्गा दान गरेका छन् ।
सुनसरीको गढी गाउँपलिका वडा नम्बर ३ छिटाहामा रहेको ईलाका प्रहरी कार्यालयलाई गढी ३ का राम कुमार साहु तेली र श्रीराम साहु मिलेर संयुक्त रुपमा २ कट्ठा जाग्गा दान गरेको हो ।
दुई कठ्ठा जग्गा दान गरेकाले ईलाका प्रहरी कार्यालयको ठाउँ साँघुरोबाट फराकिलो हुने भएपछि छिटाहाका स्थानीय दाजुभाईले दुई कठ्ठा जग्गादान गर्नुभएका ईलाका प्रहरी कार्यालय छिटाहाका प्रहरी नायव निरीक्षक बिक्रम बहादुर दाहालले बताउनुभयो ।
यस अघि ईलाका प्रहरी कार्यालय छिटाहालाई ४ कठ्ठा जग्गा समाजसेवी रामकिसुन साहले दान गर्नुभएको थियो । हाल थप दुई कट्ठा दान प्राप्त भएकाले सो इलाका प्रहरी कार्यालयको कुल क्षेत्रफल ६ कठ्ठा जग्गा प्रहरी कार्यालयकै नाममा पास भएको छ । जग्गा पास भएकोले केही वर्षभित्र नयाँ भवन निर्माणका लागि आफू प्रयत्न गर्ने दाहालको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्