तपाईँ सुन्दै हुनुहुन्छः

कृषक र उपभोक्ताबीचको समस्या समाधान हुन्छ : कृषिमन्त्री भुषाल

चितवन । संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले कृषि र उपभोक्ताबीचको समस्या समाधान गर्ने बताउनु भएको छ ।

चितवन आउनु भएका मन्त्री भुषालले भरतपुर विमानस्थललमा पत्रकारहरुसंँग कुरा गर्दै कृषि उपजको विचौलियाको न्यूनिकरणको लागि काम शुरु भएको बताउनु भयो । ‘हामी प्रयत्न गर्दैछौं । हामी जुन ठाउंँमा छौं ठीक ठाउंँमा छौं । भविष्य राम्रो छ ।’उहांँले भन्नुभयो ।

नेपालमा कृषि क्षेत्रले फड्को मार्दै गएपनि विचौलियाका कारण कृषक मारमा परेको र उपभोक्ताले चर्कोमुल्यमा खरीद गर्नुपरेका कारण यसको समाधान गरिने बताउनु भएको हो । कृषि क्षेत्रमा भएको वेथिति र अनियमिततालाई कारवाही गर्न आफू आएको मन्त्री भुषालको भनाई थियो । उहांँले कृषि आधुनिकिकरणका लागि सरकारले प्रयत्न गरिरहेको बताउनु भयो ।

फरक प्रसंगमा जवाफ दिदैं मन्त्री भुषालले पार्टीबीचको अहिलेको द्धन्द र विवाद विधि र पद्धतिले समाधान हुने बताउनु भयो ।यसलाई घरभित्रको झगडाको रुपमा लिन समेत उहांँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button