तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–भारतबीच देखिएका समस्या वार्ता र संवादमार्फत समाधान गर्नु पर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौँ  – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच देखिएका सबै समस्याहरू वार्ता र संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपालको दुई दिने भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रींगालासँग आज बालुवाटारमा शिष्टाचार भेट गर्नुहुँदै प्रधानमन्त्री ओलीले दुईपक्षीय वार्ता र संवादबाट सबै समस्याको समाधान हुनेमा नेपाल विश्वस्त रहेको बताउनुभयो ।

भेटका क्रममा भारतीय विदेश सचिव श्रींगालाले भारत सरकार वार्ताका माध्यमबाट समस्याहरूको समाधान खोज्न रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button