बाँकेमा ४ महिनामा ७ सय भन्दा बढी उद्योग दर्ता
बाँके । बाँकेमा ४ महिनामा ७ सय बढी घरेलु उद्योग दर्ता भएका छन् ।
कोरोना महामारीका बेला पनि घरेलु तथा साना उद्योगका क्षेत्रमा उत्साहित रुपमा उद्योग दर्ता तथा नविकरण भैरहेकोे घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख उद्योग अधिकृत जयराम चौधरीले जानकारी दिनुुभयो ।
उहाँले चालु् आर्थिक वर्ष ०७७–०७८ को पहिलो चौमासिकमा ७ सय ७२ वटा उद्योग दर्ता भएको जानकारी दिनुु भएको छ ।
प्रदेश सरकारले गत भदौमा निर्णय गरी घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क गरेकाले पनि दर्तामा सहभागी हुने व्यवसायीको संख्या बढ्दै गएको उहाँले बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्