तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय दुधुवा नेशनल पार्कमा नेपाली नागरिकको हत्या

कञ्चनपुर  । कञ्चनपुरसँग सीमा जोडिएको भारतीय दुधुवा नेशनल पार्कमा एक जना नेपाली नागरिकको हत्या भएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ७  उदरी बस्ने ३५ वर्षीय शिवलाल रानाको बिहीबार हत्या भएको बताइएको छ । बुधवार घरबाट निस्केका रानाको छातीमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
मृतक रानाका आफन्तले उनीमाथि गोली प्रहार भएको बताए पनि प्रहरीले भने यसलाई पुष्टि गरिसकेको छैन ।
घटना भएको थाहा पाएपछि नेपाल र भारत दुवै तर्फका सुरक्षाकर्मी घटना लमा पुगी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button