तपाईँ सुन्दै हुनुहुन्छः

टोखा –११ प्रशासनिक भवन शिलान्यास

Image may contain: 2 people, including Bacchu Raj Basyal, people standing, outdoor and nature

काठमाडौँ- टोखा नगरपालिका ११ नं वडा कार्यालयको प्रशासनिक भवनको आज गोङ्गबु, महादेवटारमा शिलान्यास भएको छ । रु दुई करोड पाँच लाखका लागतमा विसं २०७८ असोज महिनाभित्र सो भवन निर्माण भइसक्ने वडाध्यक्ष उत्तम अधिकारीले जानकारी दिनुभयो ।


नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले भवनको आज बिहान शिलान्यास गर्दै जनचाहनाबमोजिम भौतिक पूर्वाधारसहित सडक, स्वास्थ्य, शिक्षा क्षेत्रको विकास एवम् विस्तार गरी नगरपालिकालाई देशकै नमूनाका रुपमा स्थापित गर्न आफ्नो टोली अहोरात्र खटिरहेको बताउनुभयो ।

Image may contain: 2 people, including Bacchu Raj Basyal, people standing, outdoor and nature
वडाध्यक्ष अधिकारीले भाडामा लिइएको कार्यालय भवनबाट जनतालाई सेवा प्रदान गर्न केही कठिनाइ परिरहेको जानकारी दिँंदै वडाको प्रशासनिक कार्यालय भवन निर्माणपछि सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गर्नुभयो । गोङ्गबु चक्रपथचोक बाहिर करीब एक किलोमिटरको दूरीमा निर्माण हुने सो भवन नगरपालिकाको नगरस्तरीय बजेटबाट निर्माण हुन लागेको हो ।

भवन निर्माणको जिम्मेवारी आत्रेय निर्माण सेवा प्रालिले पाएको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिनुभयो ।

Image may contain: one or more people, people standing and outdoor

प्रतिक्रिया राख्नुहोस्

Back to top button