तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा थप दुई सङ्क्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीमा बुधबार दुईजना कोरोना सङ्क्रमितकोे मृत्यु भएको छ ।

बुटवलका ४० वर्षीय पुरुषको बुटवल कोरोना अस्पतालमा र अर्घाखाँचीका ३६ वर्षीय पुरुषको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा मृत्यु भएको हो ।

भैरहवामा मृत्यु हुने अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं २ घर भएका ३६ वर्षीय पुरुष हुनुहुन्छ । कार्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएका उहाँको बुधवार मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल ७ का ४० वर्षीय पुरुषको बुधवार मृत्यु भएको हो । कार्तिक २६ गते स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रदेशिक अस्पताल पुगेका उनीमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले मृतकमा कोरोना भाइरसको गम्भीर संक्रमणसहित अत्यधिक मोटोपनाको समेत समस्या रहेको जानकारी दिनुभयो ।

यो संगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९० पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button