बाँकेमा ५६ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज
नेपालगन्ज। बाँकेमा आज ५६ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् ।डिस्चार्ज हुनेमा ३२ पुरुष र २४ महिला छन् ।
योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या तीन हजार तीन सय ७४ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
आज डिस्चार्ज भएका अधिकांश होम आइसोलेसनमा बसेका हुन् । बाँकेमा कोरोना निको हुने दर ९३.७० प्रतिशत रहेको छ ।
आइसोलेसनमा अब १ सय ९१ जना छन् । बाँकेमा हालसम्म ३ हजार ६ सय १ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्